ललितकला संगम अध्यक्षमा जे‍. पी. चाैधरी

   

ललितकला संगम अध्यक्षमा जे‍. पी. चाैधरी

  कार्तिक १, २०८१ 

 ललितकला संगम,विराटनगरको अध्यक्षमा जय प्रकाश चाैधरी चयन भएका छन । ललितकला संगमको २०८१ असाेज ३० बुधबारका दिन विराटनगरमा सम्पन्न साधारणसभाले सर्वसम्मतिमा जय प्रकाश (जे‍.पी.) चाैधरीको अध्यक्षतामा नयाँ कार्यसमिति पुनर्गठन गरेको हो । २०७८ सालमा उहाँकै अध्यक्षयतामा कार्यसमिति पछि फेरि उनलाई नै नेतृत्व दिइएको संस्थाका सचिव वीरेन्द्रकुमार राजवंशीले बताए ।

देश संघीयतामा आएर प्रदेश सरकारको गठन भई प्रदेश सरकारसमेत क्रियाशील भैसकेको अवस्थामा बदलिएको सामाजिक सांस्कतिक परिवेशसँग सामन्जस्यता गर्न संगम सक्रिय हुने अध्यक्ष जे‍. पी. चाैधरीले बताए । पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा प्रा.डा. बिजु कुमार थपलिया, सचिव वीरेन्द्रकुमार राजवंशी उपसचिव उद्धव गुरु, कोषाध्यक्ष सविन कुमार उपाध्याय छन् । सदस्यहरूमा उषा अर्याल, कृती श्रेष्ठ उपाध्याय, एलसी चाैधरी र सुकदेव ( कृष्ण ) राजवंशी  छन् ।











 

About the author

Admin
Your Comments

0 Reviews:

Thank You For Comments !

Copyright © 2023 Lalit Kala Sangam and Blogger Themes.