एससी सुमन

हाम्रो जीवनमा रङहरूको ठूलो महत्त्व छ र कहिलेकाहीँ हामीले महसुस गरेभन्दा बढी महत्त्वपूर्ण हुन्छ । रङ बिनाको जीवन कल्पना गर्न गाह्रो छ । यसमा मूड र भावनाहरू व्यक्त गर्ने शक्ति हुन्छ । प्रकृतिमा केही यस्ता रङ पनि छन्, जसको उपस्थिति प्रत्येक मानिसको विशेष सम्बन्ध हुन्छ । बिना कुनै अपेक्षाको जीवनको आदिदेखि अन्त्यसम्म एकअर्कोप्रति स्विकारोक्ति र सम्मान भाव बनिरहन्छ । हामीले कुनै खास रङको बारेमा कुरा गर्नुपर्यो भने हाम्रो दिमागमा सीधा आउँछ, नीलो रङ । हामीले आकाशमा माथि हेर्दा नीलो रङका असंख्य रङहरू देख्छौँ । के यो नीलो रङले फरक-फरक मानिसहरूलाई फरक-फरक कुराको अर्थ राख्छ ? यो प्रश्नहरूले शताब्दीयौं देखि रङका विद्यार्थीहरूलाई रहस्यमय बनाएको छ । केही तरिकाहरूमा, हामी तिनीहरूको जवाफ दिनको लागि आजभन्दा धेरै वर्ष पहिलेको भन्दा नजिक छौँ । यसले इतिहासभरि कलाकारहरूद्वारा रङले विज्ञान, भावना, सौन्दर्यशास्त्र र मानव संस्कृतिका अन्य क्षेत्रहरूसँग मिल्ने तरिकाहरूको दायरा पनि अन्वेषण गर्दछ । हामी कोकलाई केही आशाजनक र सृजनात्मक क्षमतामार्फत गहिरो रूपमा हेर्न चाहन्छौं र आग्रह गर्दछौं ।

रङको अर्थ र महत्त्व पनि व्यक्तिको धारणा संवेदनशीलता र भावनाहरूमा निर्भर गर्दछ । नीलो प्राथमिक रङसँगै यसले सधैं मन र आँखालाई ताजा राख्दछ । यसका शेड्स सबैभन्दा धेरै देखिन्छन्, जो रातो र हरियो रङको माझ आफ्नो अद्भूत संसारको रचना गर्छ ।

पुरातन सभ्यताहरूमा यसको प्रयोगदेखि आधुनिक समयका आविष्कारहरूमा, रङ द्रव्यको विकासले यवेस क्लेनजस्ता कलाकारहरूलाई लोभ्याएको छ । नीलो प्रायः प्रकृतिमा पाइने रङ हो । यो दिउँसो आकाशमा हेर्दा फिक्का नीलो देखिन्छ भने गहिरो पोखरीमा गाढा नीलो देखिन सक्छ । नीलोले आकाश र समुद्रको चित्रण गर्दा यो बहादुरी र समर्पणको रङ पनि हो । नीलोले आत्मनिरीक्षण यात्राको प्रतिनिधित्व गर्दछ र बुद्धि र बुझाईको गहिराइको प्रतीक पनि यसलाई मानिन्छ । निसर्ग प्रदत्त नीलो रङ र हामीबीच केही यस्ता जीवन भरको संवेदनशील र अटुट सम्बन्ध रहेको छ । यसै कारणले गर्दा हुनसक्छ, मानिसहरूले नीलो रङलाई शान्तिको प्रतीकका रूपमा ठान्दछन् ।

नीलो रङको अर्थ
एक स्थायी रङद्रव्य सिर्जना गर्ने प्रयासमा, पहिलो नीलो रङ 2200 ईशापूर्वमा पुरातन मिश्रबासीहरूले उत्पादन गरेका थिए । जो विकसित हुँदै आजसम्म विश्वभरका वैज्ञानिकहरू र रसायनशास्त्रीहरूद्वारा उत्पादन जारी छ । नीलो रङका विभिन्न शेडहरूमा शान्त, प्राकृतिक तत्त्वहरू, जस्तै आकाश र सफा पानीसँग यसको सम्बद्धताले यसलाई एक सार्वभौमिकको रूपमा बलियो बनाएको छ । नीलो खनिज ‘ल्यापिस लाजुली’ को प्रयोग लगभग चौथो शताब्दि ई.पू. नीलो रङ बनाउन गरिन्थ्यो ।

एक स्थायी रङद्रव्य सिर्जना गर्ने प्रयासमा जुन रङ अभावले रसायन विज्ञानमार्फत नीलो उत्पादन गर्ने नयाँ तरिकाहरू खोज्न प्रेरित गर्‍यो । किनभने यो औद्योगिक युगको शुरूवातसम्म पनि प्राप्त गर्न दुर्लभ र महँगो खनिज थियो । यो प्रायः शाही र देवत्वसँग सम्बन्धित छ । जसका कारणले गर्दा यो आज व्यापक रूपमा मनपर्ने रङ हो । तसर्थ यसको आकर्षण विश्वभरि कायम छ । यो अफगानिस्तानको उत्तरपूर्वको पहाडमा पाइने एक प्रकारको रङ रत्न ढुंगा हो । जसलाई हिन्दूकुश पर्वतमालादेखि युरोपको इटलीको भेनिश शहरसम्म पुर्याउने यात्रालाई मध्ययुगको ऐतिहासिक पानामा स्वर्णिम अक्षरले अंकित गरिएको छ ।

नीलोका विभिन्न अर्थहरू हुन सक्छन् र संस्कृतिको विश्वासको आधारमा विभिन्न प्रकारका आदर्शहरूको प्रतीक हुन सक्छन् । मिस्र, रोम, टर्की र मध्य एसियाको लागि नीलो रङ सत्ता, समृद्धि र सौन्दर्यको प्रतीक रहेको छ । यहुदी धर्ममा यसको अल्ट्रामरिन शेडहरूलाई अत्यन्त पवित्र मानिएको छ । ईस्लामिक वास्तुकला र डिजाइनमा यो अत्यधिक प्रयोग हुने गर्छ । जसमा पर्शियन शेडहरू जिन्दगीको भाग बनाइएको छ । चिनियाँ माटोको भाँडो हुन् या इवादतगाहको गुबंद, विश्वका कतिपय मस्जिदलाई ‘ब्लू मास्क’ को नाउँले चिनिन्छ ।

पूर्वीय संस्कृतिमा भगवान् शिव नीलकण्ठ, विष्णु, राम, कृष्णको रङ पनि नीलो छ, जो शान्त शीतलता र विराटताको भावको एकात्मक अभिव्यक्ति हो । उनीहरूको लागि नीलबुज, मेघवर्ण, गगन सदृश्य, नीलमणि, नीलोत्पल इत्यादि नाउँ प्रयुक्त छ । शक्ति देवीलाई नीलाम्वरी स्वरुपको वर्णन पाइन्छ । तन्त्रशास्त्रमा रङ विधानको महत्ता छ । जहाँ साधनाहरूमा प्रकाशको आभासी रङ उत्सर्जनको प्रयोग गरिन्छ । हिन्दुस्तानमाीनिलो रङ पहिले ‘ल्यापिस लाजुली’ खनिजबाट बनाइन्थ्यो भने पछि नीलको बोटबाट बनाइन थालियो । मिनिएचर चित्रकलामा गहिरो नीलो रङ बनाउन हरीतकीको चूर्णको प्रयोग गर्ने पौराणिक परम्परा रहेको छ । मिथिला कलामा ‘अपराजिता’को फूल र नीलबाट नीलो रङ निकालिन्छ ।

मुख्यतया, नीलो रङ दिमाग र शरीरको लागि लाभदायक मानिन्छ । हल्का नीलो स्वास्थ्य, उपचार, र शान्तिसँग सम्बन्धित छ जबकि गाढा नीलो एक अधिक शक्तिशाली, गम्भीर, गहिरो तर कहिलेकाहीँ उदास प्रकृतिका रूपमा प्रतिनिधित्व गर्दछ ।

यसभन्दा पृथक् अंग्रेजी साहित्य र समाज नीलो रङलाई उदासीको पर्याय मान्छन् । उनीहरूको चित्रमा नीलो रङ हुनु दु:खको अभिव्यक्ति हो । यसैगरी चीनमा पनि यसलाई नकारात्मकता र मृत्युसँग जोडेर हेरिन्छ । तर पूर्वीय संस्कृतिमा नीलो रङलाई सदैव उच्च रङको श्रेणीमा राखिएको छ । यहाँ यो बिस्तार, गहिरो, पारदर्शिता, परागमन र परलौकिकताजस्ता अन्तर्मनसँग जोडिएको विषयसँग सम्बन्धित मानिन्छ । मानिसको शरीरमा जसलाई आज्ञा चक्र मानिएको छ, जहाँबाट मनका सबै गतिविधि नियमन हुन्छन् र दुवै भृकुटीको मध्य भागमा स्थित हुन्छ, त्यसलाई पनि नीलो रूपमा हेरिन्छ । योग तथा ध्यानको सूत्रमा मष्तिष्कको पीनियल ग्रन्थि र गाढा नीलो रङको सम्बन्धमा मनग्य उदाहरणहरू अगाडि आउँछन् ।

कलामा नीलो रङको इतिहास र अर्थ
कला इतिहासको क्रममा, सबैजसो कलाकारहरूले अभिव्यक्तिको माध्यमको रूपमा विभिन्न माध्यममा नीलोको अनौठो छायाँहरू प्रयोग गरेका छन् । पाब्लो पिकासो आफैं “नीलो अवधि”सँग गुज्रेका छ्न । जहाँ उनका सबै चित्रहरू दबिएको, उदास वातावरण सिर्जना गर्न नीलो र नीलो-हरियो रङको छायाँमा बनाएका थिए । सन् १९०० मा पेरिस आइपुग्दा पिकासो १९ वर्षका थिए । अनिश्चित अवस्थामा बाँचिरहेका, उनी चाँडै दुःख र शोकमा डुबेका थिए । त्यही महान् पीडाबाट पिकासोको ब्लू पीरियड जन्मियो । यसमा उनले मोनोक्रोमेटिक चित्रहरू कोरेका थिए । निराशाको यो रङ १९०१ देखि १९०४ सम्म सबै चित्रहरूमा उपयोग भएको देखिन्छ र उनको रचनात्मक दृष्टिकोणमा एक मोड चिन्हित भएको छ ।

एक दुखद् सुरुवात
१९०१ मा एउटा दुखद् घटनाले उनको ब्लू अवधि शुरुवात भयो । पिकासोका नजिकका साथी कासेजमासले पेरिसको एउटा क्याफेमा आत्महत्या गरे । यस घटनाले चित्रकार पूर्ण शोकमा डुब्न पुगे । आफ्नो साथीको मृत्युको केही हप्तापछि, उनले ब्लु पिरियड अघिको अन्तिम काम द डेथ अफ कासेजमास पूरा गरे । जुन प्रतीक, प्रश्न र सामाजिक आलोचनाले भरिएको छ।

रातो र पहेंलो संयोजन, यसले न्यानो रङहरूको प्रयोगको अस्थायी अन्त्य देखाउँछ । त्यसबेलादेखि, पिकासोका चित्रहरू रंगीन एकरूपताले ढाकिएको थियो । उदासीनता, उदासी र निराशाको नीलो रङ, नीलोले निराशाको अवस्थालाई अनुवाद गर्दछ जसमा पिकासोले आफूलाई भेट्टाए ।

पिकासोको नीलो अवधिको प्रतीकात्मकता सामग्री र रूप दुवैमा, पिकासोको ब्लू पिरियडका चित्रहरूले हानि र शोकको गहिरो भावना व्यक्त गर्दछ । प्रविधिको सन्दर्भमा, तिनीहरू कठोर रेखाहरू र कुशल संरचनाका साथ मोनोक्रोमेटिक छन् । तिनीहरूसँग सामान्यतः समय वा स्थानको कुनै सङ्केत हुँदैन, मानौं तिनीहरूले पीडाको विश्वव्यापी स्थिरतालाई प्रतिनिधित्व गर्छन् ।

चित्रकार मात्र चित्र बनाउने माध्यम हुन्, सूर्य प्रकाशको माध्यम जस्तो । फरक–फरक विषयलाई मिथिला शैली ‘मिथिला कसमस’ प्राचीनकालीन चिन्तनदेखि कोरोना कहरसम्मको परिस्थितिलाई चित्रको रूपमा क्यानभासमा उतार्दा केही कुराहरले मलाई घच्घचाई रह्यो । आजको समाज कसरी अघि बढेको छ, हामीले के पायौं ? के गुमायौं ? भन्ने विषयलाई दार्शनिक दृष्टिकोणबाट सोच्दा विभिन्न आकृति प्रस्तुत भए । यथासम्भव स्वयंलाई असल समय र सत्यसँग साक्षात्कारको अनुभूति होस् भन्ने सोचको अभिव्यक्ति रह्यो । समाज, धर्म, संस्कृतिसँग जोडिएर मानव जाति निरन्तर समयको गति पछ्याउँदै अगाडि बढेको मान्यतालाई रङ र रेखामार्फत अभिव्यक्त गर्ने प्रयास मैले गरेँ । मात्र प्रेम वास्तविकता हो, यो भावना मात्र होइन बरु यो एउटा परम सत्य हो, जो सर्जकको मुटुमा बास गर्छ भन्नेमा म यतिबेला निश्चित भएँ ।

पूर्वीय संस्कृतिअनुरुप मेरो क्यानभासमा प्रयोग भएको नीलो रङ बिस्तारै जीवन जगतको चर्चा पनि अन्य कलाकृति मार्फत उजागर गर्ने प्रयास हो । यसलाई क्रमिक रूपमा पस्केर चित्रकलाको मूलसार नै जीवनचक्रको क्रमिक शृंखलाको अनुभूति हो भन्ने भान गराउनु रहेको छ । मानव जीवनको भ्रूणदेखि विभिन्न युग, चराचर जगतको सिर्जना हुँदै विभिन्न चाडपर्व, मेला, उत्सवले भरिएको छ । अनि कोरोना महामारीको चित्रणमा समेत चित्रकार आशावादी हुँदै, मानिस आफू मात्र सर्वश्रेष्ठ नभई प्रकृति सबैको साझा मान्नुपर्ने मेरो बुझाई हो । यी चित्र मानव र प्रकृतिबाट बाहिर गएका छैनन्, आफ्नै वरिपरि अस्तित्वमा रहेका विषयवस्तुलाई मौलिक रूपमा प्रस्तुत हुनु, नीलो रङको प्रयोगले व्यापकता पाएको छ ।

कोरोना कहरलाई झल्काउने केही चित्र लकडाउन ब्लुज होस् या द्वापर युगमा कृष्ण जन्मकथामा नीलो रङले यमुना नदीको गहराई र गतिको आभास, विष्णुको आठौं अवतार श्रीकृष्णको बुद्धि र मायाले सबैलाई लठ्ठ पारेको विषयलाई इंगित गर्ने चित्र बनाउँदा, जगत नाचेको आनन्द एकाकार भएर आयो । कृष्णलीलासँग आफ्नो कान्छी औँलाले गोबर्धन पर्वत उचाली अतिवृष्टिबाट सृष्टि जोगाएको कथा अपवित्रता, द्विविधाजस्ता गुण कलियुगले बोकेको मान्यतामा रहेर दमन, मृत्यु, ठूलोले सानोलाई थिचोमिचो गर्नेजस्ता विषयमा रहेर चित्र कडी रुपमा प्रस्तुत गरेँ । यसले एउटा यथार्थ सुखदायक प्रकृति र धेरै मनोवैज्ञानिक प्रभाव दिन्छ भन्ने मलाई लाग्छ ।
चित्र स्रोत : गुगल

artistsuman.scd@gmail.com


लेख स्रोत ः साहित्यपोष्ट