पूर्वमा कला - छितेन शेर्पा
छितेन शेर्पा
कला संयोजक
देहि आर्ट काँकरभिट्टा
पूर्वमा कला
२०८० जेठ १८ गते साेमबार ।
प्रदेश स्तरिय ललितकला गोष्ठी २०८०
कला यहाँ निदाइरहेको छ न की मरेको । केवल नसुनिने पदचापमा आफ्नो स्पन्दनहरू गन्दै अघि बढिरहेको छ । नेपाली केन्द्रिय कलाविन्दु दुई वटा छन् । यथार्थवादी बिन्दु पोखरा तथा समसमायिक कलाविन्दु हाम्रो राजधानी काठमान्डौ । यद्यापि समसमायिक कलाविन्दुलाई टेवा पुयाउन अनेकन पुर्वेली हात र मस्तिस्कहरू राजधानी पुरीका छन । अवसरहरूको खोजीमा विगत २ / ३ दशक देखि काठमान्डौमा जम्मा भएका पुर्वेली कलासाधकहरू नहुनले पूर्वमा कलासाधनाको खेती बिरैले हुन्छ । साथै केही राज्य संग निकट भएका व्यक्तित्वहरूले समुदायगत उन्नतिलाई लत्याएर व्यक्तिगत लालसालाई प्रथामिकता दिएको हुनले पनि यहाँ कला विस्तार हुन सकेको छैन । राजधानी जतिको वास्तुकलाका धरोहर पूर्वमा नभएपनि पूर्वमा सांस्कृतिक तथा प्राकृतिक विविधता पाइन्छ । यहि विविधतालाई आत्मसाथ गरेर कला साधना गर्ने केही सर्जकहरू हुनुहुन्छ जस्लाई अनुसरण गर्ने अनगिन्ति नयाँ पिढिहरू छन् ।
डिजिटल प्रविधि साथै सामाजिक संजाल भित्रिनु अघि पुर्वि नेपालका सांस्कृतिक तथा जातिय विम्बहरू नेपाली कलाको केन्द्रमा बिरैले प्रयोग हुने गर्थ्यो । डिजिटल प्रविधिको प्रदोपण पश्चात नयाँ पिढिहरूका केहि युवा साधकहरूले पुर्विय विम्बहरू प्रयोग गर्न थालेका छन र नेपालीकलामा पुर्विय आफ्नोपन भेटिन थालेको छ । कला साधनामा यदि नैसर्गिकता पाउन सकिएन भने साधना निरार्थक हुन्छ ।
यहाँ कला संस्थागत बन्न नसकेकोले साथै शैक्षिक वन्न नसकेकोले काठमान्डौ तथा विश्वकला सामु दाँजिन सकेको छैन । केहि हातको औला भरी गन्नमिल्ने समुह । संस्थाहरू जस्तै विराटनगरको ललितकला संगम, इटहरीकी म्याट्रिक्स, घरानको युमा फाइनास आर्ट ग्यालेरी, साथै पौमा आर्ट स्टेसन, पथरीको एमरेवर आर्ट फ्यूजन, काँकरभिट्टाको देहि आर्ट, दमकको गोलसिमल मूर्तिशाला जस्ता अन्य कला समूहहरु एवं व्यक्तिगत रूपमा मूर्तिकार विजय, श्रेष्ठ, चित्रकार युवराज रिजाल, डिजाइनर डिल्लीकृष्ण आले, महेन्द्र राई, हिम्मत नेम्वाङ, प्रनोद दत्त, पवन राजवंशी, सरोजा खडकी, अनुराधा सिंह थापा, जेपिचौधरी, विक्रम श्री, जिवनाथ पन्छी, शिव छाङ्छा राई, गणेश लामा, स्वयंप्रकाश श्रेष्ठ, एस. सी सुमन, गोपाल कलाप्रेमी जी अघिल्लो पुस्ताका श्रजकहरु हुनुहुन्छ जस्ले मफोसल मै रहेर कलालाई टेवा पुऱ्याईरहनु भएको छ । वहाँहरू भन्दा केही अंग्रेज र पछिल्ला युग कलाकारहरू समय की माग संग जुझ्न नसकेर राजधानी वा विदेश पलायन भइसकेका छन । चार पाँच वर्ष अघि सम्म कलामा उर्वर रहेको घरान अहिले खाली खाली बनेको छ । कला क्षेत्रमा केही गरौ भन्ने युवाहरू राजधानीको धानिदों कला बजार तथा विदेशी अवसरमा पलायन भईसकेका छन ।
समाज विभिन्न धारणा र मानसिकताहरूले समेटिएकी वेग्ला वेग्लै व्यक्ति तथा समुदायहरूले बनेको हुन्छ । कलाकार हुने मनस्थितिका व्यक्ति समुहहरू त्यक्ति, शब्दमा वोल्न रुचाउदैनन यस कारणले केही बढी बोल्ने जमातबाट शोषित बन्न पुग्छन । कोही बढि बोल्ने जमातहरूको पछि लागेर आफनो समुदाय संग प्रतिधात गर्छन भने कोही आफ्नो मनोवृतिलाई समहाल्न नसकि दर्व्यशनीको शिकार बन्छन् ।
अहिले सत्ता शक्ति जनताको हातमा आइरहँदा साथै शक्ति विवेद्विकरण भई रहदा कलाकारहरू साथै कला पनि समेटिनु एवं हाम्रो नैसर्गिक अस्तित्वमा पनि राज्य ले सहयोग गर्नुपर्ने देखिन्छ ।
साहित्य संग जोडिएको कला स्वतन्त्र वन्न सकदैन । साहित्य अक्षरहरू र भावनाको मलले वन्छ । र अक्षर कालो हुन्छ । यद्यपि कलामा रंग असंख्य हुन्छ । कसरी एउटै कालो रंग संग हामी समेटिएर वस्त सक्छौ । भावनात्मक संश्लेसन एउटै भएपनि प्रस्फूटन शैली वेग्लै हुने हुनले हामी हाम्रो वेग्लै अस्तित्वको माग अधि राख्छौ । जस्मा सम्पूर्ण समदाय क्षेत्रका प्रतिनिधीहरू समेटिन आवश्यक छ
ललितकलाका शिल्पमा मात्र चित्रकला, मुर्तिकला, वास्तुकला, प्रतिस्थापनकला, हस्तकला, भा.... . कला, अन्य धेरै हुन े हुनले साहित्यमा या अन्य संग बाधिएर हिड्न सकिदैन ।
यदि राज्यको संरचनाले कलालाई उचित मूल्यांकन दिन सके हाम्रो पुर्विय वास्तु धरोहरहरू अझ सु सज्जित बन्दै जाने थियो । चोक गल्लीहरुमा विकृत मूर्तिहरु हुने थिएनन । ५/६ वर्षमै साकिने नाशिने साथै पर्यटकिय उन्नतिको नाममा पर्यावरण नै नाश हुने संरचनाहरू बनिरहंदा राज्यको ढुकटी नाश भइरहेछ । हामीले भावी पिढीलाई कस्तो सांस्कृतिक धरोहर र मुल्यमान्यता दिइरहेका छौं ।
काठमान्डौ उपत्यकामा शताब्दी अघिदेखि कला साधनाका केन्द्रहरू स्थापित छन् भने पूर्वमा दार्ले मात्र दुई वटा ललितकला शैक्षिकरूपमा अध्यापन गरिने संस्थाहरू पथरीमा श्री पञ्चायत तथा मेचिनगरमा इस्ट हीराइजन अंग्रेजी विध्यालय सुरू संचालनमा रहेका छन् ।
यदि हरेक सामुदायिक विद्यालयमा राज्यले एउटा कला शिक्षणको अवधारण विकाश गरिदिए विद्याथीहरूले पठनपाठन को नौलो परिप्रेक्ष्य प्राप्त गर्ने थिए ।
* प्रदेश १ (कोशी प्रदेश) मा ललितकला प्रतिष्ठान बनिरहँदा सबै जिल्लाका कलाकारहरू समेटी जिवन्त वनेर कला श्रिजनामा लाग्न सक्छन
* अवसरको खोजीमा विदेश तथा राजधानीमा कलाकारहरु पलायन हुने
थिएनन ।
* कलाको माध्यामबाट पुर्यावरण, जिवनशैली संस्कृतिक तथा जातिय धरोहरको संरक्षण गर्न सकिन्छ । पर्यटकिय सम्भावनालाई अझ दरिलो बनाउन सकिन्छ ।
नयाँ पिढीलाई विदेशी कलाको अतिक्रमणबाट बचाउन सकिन्छ ।
कला तथा कलाकारहरूको समुदायलाई दुब्यर्शनबाट जोगाउन सकिन्छ ।
स्थानिय रूपमा कला बजारको विस्तार गरि राज्यको ढुकुटी भर्न सकिन्छ ।
जय कला, जय समुदाय ।
छितेन शेर्पा
कला संयोजक देहि आर्ट काँकरभिट्टा
0 Reviews:
Thank You For Comments !