कला एक उच्चतम-विषय
प्राज्ञ श्रीमती गंगा सुवेदी
पूर्व अध्यक्ष
ललितकला संगम विराटनगर
ब्रह्माण्डको सर्वश्रेष्ठ सृष्टि मानवमन भित्रको मानवीय चेतनाको प्रतिनिधित्व गर्छ कलाले । त्यसै अर्थमा कलाको उचाइको कुनै सीमा हुँदैन । कला जीवनको शास्वत पक्ष हो । त्यसैले यो अलौकिक छ भन्नुमा कुनै अत्युक्ति नहोला । सवैभन्दा सौम्य र सवैभन्दा भिन्न कला एउटा यस्तो विषयवस्तु हो, जस्को उद्देश्य सर्वचेतनाको प्रस्फुटन गराएर विकृतिलाई नष्ट पार्नु रहेको छ। जो अति सूक्ष्म र अति विस्तृत भित्र पनि आफ्नो दृष्टिकोणका माध्यमबाट गहिराइको सतहलाई स्पर्श गर्न सक्ने क्षमता राख्छ र यर्थाथका ढोकाहरु खोलिदिन सक्छ । भनाइको तात्पर्य यसका उपासकहरु सर्वथा यथार्थपरक हुन्छन् । प्रस्तुतिका माध्यमहरुमा कलाकारिता उत्कृष्ट मानिन्छ । ऐतिहासिक पृष्ठभुमिमा हेर्दा जब भाषाको प्रचुरता थिएन, जब सभ्यताको जन्म भएको थिएन तव पनि मानवजगतका आशयहरु यिनै चित्रकारिताका माध्यमबाट एक आपसमा आदान प्रदान हुने गर्दथे भन्ने कुरालाई विद्धाघानहरुले प्रमाणित गरेका छन् । यसअर्थमा मानव सभ्यताको थालनी कलाकरिताको आधारमा भएको हो भनेर मान्न सकिन्छ । जसले सम्पूर्ण आचरणलाई सुक्ष्य तवरले अध्ययन गरेर चेतनशक्तिको प्रस्फुटन गराउँछ ।
सृष्टिको प्रथम चरणमा ब्रह्माण्ड सौन्दर्य उकास्ने प्रक्रिया सर्वश्रेष्ठ शक्तिबाट भएको हो भन्ने यथार्थलाई हाम्रा शास्त्रहरु औंल्याउँछन्, र आशय पोख्दछन् । जीवनका मूल्य र मान्यताका प्रश्नहरु त्यसपछि मात्र उठेका होलान भनेर अनुमान लाउन सकिन्छ । सर्वप्रथमतः इश्वरले सृष्टि रचे, त्यसपछि प्रकृति चित्रणका माध्यमबाट शास्वत सौन्दर्यले सजाए अनिमात्र यो ब्रह्माण्ड जीवनका लागि अति उत्तम बन्न पुग्यो होला भन्न् गर्न सकिन्छ । यही शास्वत कला हो, चित्रकारिता हो र निश्चय नै अनुभूतिमा आनन्दको देन हो । यही शक्ति मानवताकालागि ईश्वरको सप्रेम देन हो । यसै आधारमा पनि मानवीय अर्न्तअनुभूतिमा चेतनाको अभिप्राय स्वरुप शक्तिको आभाष छचल्कियो तब मात्र जीवनको उद्भव सम्भव भएको हो भन्न सकिन्छ । त्यसैले कलाका अनुयायीहरु रचयिताहरु अन्य साधारण सोच र वैमनस्यता भन्दा पृथक हुन्छन् । तिनका दृष्टिहरु, विचारहरु उच्च हुन्छन् र हुनुपर्छ पनि । किनकी यिनको दायित्व सम्पूर्ण जीवन र जगतबाट नकारात्मक प्रवृत्ति हटाएर सकारात्मक सौन्दर्यको स्थापना गर्नु हो । यसै अर्थमा कलाकारलाई ईश्वरको सर्वश्रेष्ठ रचना पनि भन्ने गन्छि । तर यदि यिनमा नै झगडा, वैमनस्यता र विद्रोहको शेष मात्र पनि बाँकी रहन्छ भने संवेदनशील यस
शास्वतको उपयुक्त प्रतिनिधि छ भन्न सकिन्न । यी विद्वानहरु हुन् । विद्ववताको वर्चस्व यिनले नै आफुमा कायम राख्न सक्नुपर्छ भन्ने म ठान्दछु ।
जब विद्वानहरुले आफ्नो युगका नकारात्मक विचारधाराहरु र प्रस्तुतिहरुको आलोचना गर्दछन् र आफ्नो विचार र कृतिद्वारा मानव इतिहासका पक्षमा सकारात्मक पक्षको स्थापन गराउँछन् तव उनीहरुको अभिप्रायको प्रभाव समस्त मानवजातिहरुमाथी पर्दछ । त्यसैले सचेत मनको वसन्त यिनले नै जगाइराख्नुपर्ने हुन्छ ।
प्रसिद्ध विद्वान इकेदाका भनाइ अनुसार- "अनेक सभ्यताहरुले बुद्धिजीवीहरु र जनसमुदायको बीचको पृथकतालाई कायमै राख्दै आएका छन् । तर आधुनिक समाजकले यस पृथकतालाई त्याग्नुपर्दछ । मानवप्राणीहरु बुद्धिजीवीहरु वर्ग वा सर्वसाधारण वर्ग जस्ता दुई समूह मध्ये कुनै एकको सदस्य हुनुभन्दा पहिले मानवप्राणी हुन् भन्ने आधार वाक्यलाई हामीले अँगाल्नु पर्दछ ।”
यो भनाइ इकेदाको मात्र नभएर आफू अनुसार सम्पूर्ण विश्वका विद्वानहरु जस्तै : पिकासो, लियोनार्दो दा भिंची, शेक्सपीयर, कार्ल मार्क्स आदिको पनि हो । यस भनाइको गर्भभित्र चित्रण भएको यथार्थलाईप्रत्येक कलाकार र विद्वानहरुले आत्मसात् गर्नुपर्ने देखिन्छ । किन भने कुनै कलात्मक वा विद्वतापूर्ण कृति जति महान् हुन्छ, त्यति नवपै ज्यादा त्यसले आफ्नो समय वा युगमाथि प्रभाव पार्दछ । कलाकारिताको भर्भ अंगालेर अघि बढ्ने कलाकारले आफैमा अमलिएर नै शास्वत समस्याहरुको उपेक्षा गर्ने विद्वान एवं कलाकारले आफैलार्य बेवकुफ बनाइरहेको हुन्छ । आफैलाई मुल्यहीन बनाइर हेको हुन्छ ।
आफ्नो अमूल्य महत्वमाथि उपयुक्त दृष्टिका अभावमा अल्मलिएको हाम्रो राष्ट्र नेपालको वास्तविकतालाई ध्यान दिनु आज प्रत्येक नेपाली नागरिकको परम कर्तव्य हुन पुगेको छ । यहाँको भविष्यमा अरनिको जस्ता महान कलाकार पनि हुन सक्छन् । भृकुटी, सीता विदुषी शान्तिका अग्रदूत बुद्ध मात्र नभएर विश्वप्रसिद्ध व्यक्तित्व जस्तै टाल्सटाय, महादेवी वर्मा, रविन्द्रनाथ टैगोर आदि जस्ता नव प्रतिभाको समग्ररुप हुन सक्छन् । तर उचित सम्रक्षण र सहि दिशाको अभावको अन्योलमा परेर हामीबिचवाट यस्ता फुलहरु ओइलाएर झर्न सक्छन् वा ओझालमा नै पर्न सक्छन् । हाम्रा बाल वालिकाहरु जो आज कुम्हालेको माटो सरह छन् । तीनलाई उपयुक्त रुप दिने, सही नेतृत्व दिने दायित्व हाम्रो हो । यस अर्थमा हामीलार्य आफ्नो दायित्ववोध हुनु पर्छ । यदी हामी यस यथार्थैबाट पन्छियौं भने हाम्रो जन्म, हाम्रो अनुभबले हामीलाई धिक्कार्ने छ र हामीले मौन भएर यसलाई सहनु नै पर्ने हुन्छ।
समाजमा विद्यमान धनि गरीब बीचको दूरीलाई चित्रकलाले मान्दैन । यसले आफ्नो माधयमद्वारा सम्पूर्ण अव्यक्त अन्धकारका विरुद्ध आवाज उठाइरहेकै हुन्छ । मानवीय तथ्यभित्र एउटा प्रवक् रहेको हुन्छ, त्यो हो उसको आफ्नो 'इच्छाशक्ति' । यसै शक्तिको परिणाम स्वरुप मानिसले चाहे धनी चाहे गरीब जस्तो सुकै अवस्थामा पनि श्रेष्ठतम् कृतिको सृजना गर्नसक्छ । यो उसको आफ्नो सक्षमता हो । तर यस सक्षमतालाई कतिसम्म उजागर गर्न सकिन्छ, टेको दिन सकिन्छ त्यो आफुमा नै निर्भर रहन्छ । आधारभूत आवश्यकताको परिपुर्ति वाहेक भौतिक सम्पन्नताले बिलासितालाई जोड्दछ । तर
मानसिक विपन्नताले प्रत्येक पक्षका लागि खतराको आह्वान गर्ने गर्दछ भने मानसिक सम्पन्नता सृष्टिको सर्वश्रेष्ठ उपलब्धि हुने गर्दछ । यही सम्पन्नताका लागि कलात्मक चिन्तनका माधयमबाट मानवजातिमा सौन्दर्यबोध भएको तथ्य प्रष्ट देखापर्छ । तर यसलाई अझ सुन्दर बनाउनु कलात्मक अभिव्यक्ती हो । बौद्धिक विकासका परिवेशात्मक सौन्दर्यले कलात्मक अनुभूतिको अभिव्यक्ती व्यक्त गर्न सदैव अग्रसर रहेको हुन्छ । जसवाट खास गरी बालप्रतिभा अङ्कुरित हुनजाने सम्भावना देखापर्छ। यसका लागि हामीले आफूभित्रको मपाईंलाई हटाएर गौरवमय आदर्श वन्न सक्नु हाम्रो स्व:जय हो । किनभने यसै अनुरुप मात्र हाम्रो पछि एउटा तेजस्वी सुनौलो युग पछि लाग्न सक्नेछ र हामी यिनका अग्रज हुन सक्नेछौं । एउटा कलाकार, साहित्यकार तथा विद्वानले यस कुरालाई मनन् गर्नुपर्छ र व्यवहारमा लागु गर्न सक्नुपर्छ, यो उसको गहन दायित्व पनि हो ।
कलाको ऐतिहासिक पक्षलाई हेर्दा कलाको प्रारम्भिककाल गुफाचित्रवाट शुरु भएर वर्तमान सन्दर्भसम्म अनेक रुपले आइपुगेको पाइन्छ । जसबाट मानवीय भाषा र अनुभूति व्यक्त हुने गर्दथ्यो । विकासको क्रममा सिद्धी बनाउने र उक्लिने यथार्थलाई यसले इंगीत गर्दछ । यो चिन्तनशील व्यक्तित्वको दृष्टिमा मात्र पर्ने वास्तविकता हो ।
प्रत्येक मानिसभित्र आन्तरिक सम्पन्नता विद्यमान रहेको हुन्छ । मात्र व्यक्त गर्ने तरीका वेग्लै हुन्छ। अस्वस्थ मानसिकताको प्रभावका अधीन रहेको सोचाइले यो सम्पन्नताको राम्ररी उपयोग गर्न सक्दैनन् र आफैभित्र जेलिएर सदैव पछि पर्ने गर्दछन् । यसरी उन्नतीका शिखरमा पुग्ने बाटाहरुमा तगारो लाग्ने गर्छ र हिनताबोधका कारण वयक्त अभिमानको जन्म भई भ्रमका विरुवाहरु मनभित्र लहलहाउने गर्दछन् । तसर्थ आफ्नो गौरव व्यक्त गर्नसक्नु वा नसक्नुमा आफ्नै हस्तक्षेप रहेकोहुन्छ । संकीर्ण मनोभावलाई कलाले डोयाउने गर्दैन । यदि डोयाउँछ भने त्यो कला होइन, साहित्य होइन, न यसलाई बहन गर्ने कोही हुन् । वस् मात्र साधारण मानसिकताका स्वरुप हुन् ।
विश्वजगतको अभिप्रायले गौरवपूर्ण अभिव्यक्तिलाई मात्र अमरत्व दिने गरेको सन्दर्भबाट हामी बंचित छैनौ । यसका यथार्थमा हामी लिओनार्दो दा भिंचीलाई लिन सक्छौं । जो भन्ने गर्दथे 'बुद्धि अनुभवकी छोरी हो।" उनको मोनालिसा' नामक चित्र विश्वप्रसिद्ध भयो । तर किन विश्वप्रसिद्ध भयो भन्ने कुरामा यस साधारण जस्तो लाग्ने चित्रभित्रको वास्तविकतालाई कलात्मक भावले मात्र बुझ्न सक्छ । गहिरिएर हेर्दा यस चित्रमा व्यक्तित्व, चरित्र, सार्थकताको समायोजनरूप प्राप्त गर्न सकिन्छ । यस्ता अरु पनि महत्वपूर्ण र विश्वप्रसिद्ध चित्र रहेकाछन् । यी कलाकारका । त्यसरी नै पिकासो, पुनर्जागरण कालका महान् चित्रकार एफाएल आदि जस्ता कलाकारको उदाहरण हामी दिन सक्छौं ।
यसरी हामी कलालाई मानवीय सचेतनको यथार्थको रुपमा पनि लिनसक्छौं । अन्तरराष्ट्रिय ख्यातिप्राप्त विद्वान रोयनवीका अनुसार 'मानव प्राणीहरुको सबभन्दा महत्वपूर्ण पक्ष भन्नु तिनीहरुको मानवता नै हो ।”
"कुनै समाज बौद्धिक वर्ग र साधारण जनसमुदायका बचि विभाजित हुन्छ र ती दुई वर्गमध्ये
एकले अर्कालाई पराई ठान्दछ भने त्यो सामाजिक अस्वस्थताको लक्षण हो ।”
यी विद्वानहरुलाई अर्न्तदृष्टिबोध भएर नै ब्रह्माण्डको शास्वत पक्षका बारेमा भन्नसके र यो भनाईलाई हामीले आत्मसात् गर्न सक्नु हामीसंग अमूल्य क्षमता हुनु हो ।
किनकि प्रथमतः एक सजीव मानव नभई वुद्धिजीवी वा कलाकार हुनु सम्भव छैन र मानव भनेको सामाजिक प्राणी हो । ऊ मानवीय जीवनका ती दुवै प्रकारका समस्याहरुमा अल्झिएको हुनछ, जुन विश्वजनीन हुन्छन् । अनि जुन उसका आफ्नै समय र स्थानसंग विशेष सम्वन्धित पनि रहन्छन् र उसले यहीबाट आफ्नो क्षमताको शुरुआत गर्नुपर्ने हुन्छ । तर प्रत्येक भावनाको आफ्नै प्रस्तुति हुन्छ, दृष्टिकोण हुन्छ। त्यसैले नै विश्व पृष्ठभूमिमा विविधता रहेको हुन्छ विनाकारण कसैले पनि कसको भाव प्रस्तुतिमा आक्षेप वा अंकुश लगाउनु मानवीय कमजोरीको एक अर्को तुच्छ उदाहरण मात्र हो । तर कदर गर्नु र आफ्नो अर्न्तदृष्टि वाट वुझ्ने प्रयत्न गर्नु विद्वताको समग्ररुपको हो । प्रगतीको गोरेटोमा सफलता प्राप्त गर्नसक्नु हो । तसर्थ एउटा कलाकारले यी कुरालाई आत्मसात् गर्नुसक्नु पर्छ । आजको त्रासदीपूर्ण यस्तो चिन्तन दिनसक्ने परिस्थितिको सृजना हुनु आवश्यक रहेको देखिन्छ र कला - साहित्यको माध्यमबाट मात्र यो सम्भव रहेको छ । तसर्थ हामीले कला र साहित्यको संरक्षण र संवर्द्धनमा विशेष जोड दिनुपर्ने देखिन्छ र यिनकै माध्यमबाट व्यक्तित्व विकासका लागि आधारका ढोकाहरु खुल्न सक्नेछन् ।
स्रोतः SOUVENIR (स्मारिका )2058
कला कार्यशाला २०५८ विराटनगर, नेपाल ART WORKSHOP 2058
ROTARY CLUB OF BIRATNAGAR MID TOWN
& LALIT KALA SANGAM
0 Reviews:
Thank You For Comments !