Statement of Artist Ramesh Nath Khanal
अरूपण अर्थात् रूप विहिन कला विशुद्ध नेपाली कला हो । अरूपण कलाको प्रयोग 1985 देखि गर्दै आएको हुँ । अरूपण कलाका केही सिद्धान्तहरू छन् ।
उदाहरणका लागि
क) अभिव्यक्तिमाथि छुट
कला पारखीहरुले अरूपण कला पारख गरेपछि आफ्नै स्वविवेकले अर्थ लगाउन सक्छ । एक जनाले लगाएको अर्थ अर्कोसँग मिल्नु पर्दैन । त्यसैले अरूपण कलाको स्व व्यख्या वरिष्ठ देखि कनिष्ठ कलाकार वा ल व्यक्तिले गर्न सक्छन् । त्यसैले अरूपण कला लोकप्रिय भइरहेको छ ।
ख) सौन्दर्य अनुभव अनुभूति
अरूपण कला सुन्दर र संयाेजन बाट बन्नु पर्दछ । सुन्दर रङ्गको समिश्रण नै अरूपण कला हो ।
ग) प्रकाश र दयाको तालमेल
अरूपण कला सिर्जना गर्दा खेरि प्रकाश र छायाको सामन्जस्यता हुनुपर्दछ।
घ) दुरान्तरको कसी
अरूपण कलामा दुरान्तरलाई विशेष ध्यान दिनुपर्छ ।
ङ) सन्तुलित रङ्ग प्रयाेग
अरूपण कला कलामा सन्तुलित रङ प्रयोग गर्नुपर्दछ रङ्गकाे सन्तुलन कसरी गर्न सकिन्छ कलाकारले ध्यान पुर्याउनु पर्दछ ।
च) सिर्जना सिर्जना
अरूपण कला विछुट्टै सिर्जना हो । यो कला एकअर्कासँग मेल खानु हुँदैन ,खादैन पनि ।
छ )विविध प्रयोग
अरूपण कला प्राय प्रयोग मुलक हुन्छ । थरीथरीका माध्यम टेक्चरहरूको प्रयोग गरिनु पर्दछ ।.
अहिलेसम्म 34 अाै पटक एकल अरूपण कला प्रदर्शनी आयोजना भइ सकेको छ । अमेरिकामा 2018 भएको 32औं एकल अरूपण कला प्रर्दशनी सर्वाधिक सफल भएको थियो ।
वास्तवमा मनका संगति, विसंगतिहरुलाई रंगको मध्यम बाट अभिव्यक्त गरिएको हुन्छ । अरूपण कलामा समाजिक मनोविज्ञानको रुप नै अरूपण हो । समाजमा घटने घटनाहरु देखि कलाकार विमुख हुँदैन । समाजका हर्ष, दुख यावत घटनाहरु उसले भोग्नु पर्दछ । ती भाेगार्इहरु विभिन्न रङको माध्यमबाट सम्प्रेषण भएको हुन्छ
0 Reviews:
Thank You For Comments !