Statement of artist Jeebnath Pokharel 'Panchhee'
मेरा चित्रकला — आरम्भ देखि हालसम्म
लगभग वाह्र तेह्र वर्षको उमेर देखि
चित्रकलामा रुचि भएकाले यदाकदा पशु पंक्षी र रुख विरुवा हरुको चित्र वनाउदै गरियो
। कक्षा नौ दश मा अध्ययन गर्दा वायोलोजी पढाउने सरले खरायो मुसो, भ्यागुतो, मच्छर
आदि पढाउनु पर्दा मलाई नै त्यो पाठ सम्वन्धी चित्रहरु वनाउन लगाएर पढाउने गर्नु
हुन्थ्यो ।
विद्यालयको पढाइ सकिये पछि चित्रकलालाई
निरन्तरता दिन नसके पनि यदकता वनाउँदै गरियो । यसरी वाल्यकाल देखि लागेको कलाको प्यास एकै चोटी २०५६ देखिमात्र केही
मेटाउँदै जादै छु। २०५७ सम्म पशुपंक्षी लगायत देखेर मनलागेका चित्र वनाउँथे तर
२०५७ देखि पंक्षी(चरा) मात्र चित्र वनाउने निश्चय गरे । मेरो अध्ययन अनुसार अन्य
अन्य चित्रहरु वनाउने धेरै मित्र, दाजु
भाई हुनु हुँदो रहेछ तर चरामात्र वनाउने कलाकार अति न्युन मात्र हुनु हुदो रहेछ ।
यसरी चराहरु लोपहुने अवस्थामा पुगेका केही लोप भै सकेका हुनाले चराको चिनारी दिन र
चरा संरक्षणमा टेवा पु¥याउने उद्देश्य ले चराकामात्र चित्र
वनाई चिनारी गराउने मनसायले चराका मात्र चित्र वनाउने निश्चय गरी चराका मात्र
चित्र वनाउन थाले । गुरुको रुपमा कोशीटप्पु वन्यजन्तु आरक्षणमा पटक पटक जान थाले । कोशी टप्पु गएर मात्र के गर्ने
फोटो खिच्ने साधन थिएन । टाढाको चरा हेर्ने वाइनाकुलर थियेन । आवश्यकता अनुसारका
सामान खरिद गरे । यसरी क्यामरा र वाइनाकुलरले मात्र काम चलेन । सम्पूर्ण चराहरुको
अध्ययन नगरी चराहरुको वास्तविक चित्र र वासस्थान र चरित्र झल्काउन नसकिने महशुस
भयो । स्रोत पुस्तकहरुको खोजी गर्दै निम्न लिखित पुस्तकहरु किने र अध्ययन गर्दै
गर्दै चराहरुको पहिचान गरी चराहरुको चित्र वनाउँन थाले । हालसम्म चरा अध्ययनका
स्रोत पुस्तकहरु
Ø नेपालका चराहरु — डा. हेमसागर वराल
Ø The birds of
Nepal (Part I &II) –
Ø The book of
Indian Birds – Salim Ali
Ø Indian Hill
Birds – Salim Ali
Ø A Pictorial
Guide To The Birds of The India Subcontinent – Salim Ali & Dillon Ripley
Ø Bharatpur Bird
Paradise – Martin Ewans, Thakur-Dalip Singh, James Hancock
Ø Hand book of
The Birds of Indian and Pakistan Vol. 1 – 10 – Salim Ali
Ø The Fall of a
Sparrow – The illustrated – Salim Ali
Ø The State of
Nepaql's Birds 2004- Birds Conservation Nepal
Ø Bird
Monitoring in Terai Arc Landscape Nepal – WWF Nepal Program Department of
National Park and Wildlife conservation . Depart of forest Nepal
Ø Birds of
Indian, Nepal, Pakistan, Bangladesh and Srilanka Collins- Martin Woodcock
Ø आनन्द पन्छी
निहारनका — विश्वमोहन तिवारी
लगायत चराहरु सम्वन्धी विभिन्न
पत्रपत्रिका र वुकलेटहरु
समय समयमा कोशी टप्पु वन्यजन्तु आरक्ष
सुनसरीमा गयेर अध्ययन समेत गर्ने गरेकोले चराको आवाजले पनि पहिचान गर्न थालियो ।
यसरी चरा प्रतिको मोह बढ्दै गएकोले चराहरुका चित्र वनाउन पनि सहज भएकोमहशुस गर्न
थाले । यसरी समय समयमा वनायेका चराहरुको
चित्रहरु समेट्दै २०६०,२०६१ र २०६४ मा चरा चित्रकला प्रदर्शनी
समेत गरियो ।
काठमाडौको प्रदर्शनी पछि रङ्ग, कागज र क्यानभास सँग खेल्दै खेलाउदै जाँदा मनमा
एउटा छटपटी पैदा भयो । रङ्ग, कागज
र क्यानभास सङ्ग सवैखेली रहनु भएको छ के त रङ्ग क्यानभास र कागजमा अर्काेरुप दिन
सकिदैन भन्ने भाव पैदा भयो । केही महिना सम्म त्यसै वसे सोच्न थाले । सोच्दा
सोच्दै यो कुराले मलाई उत्साहित गरो जुन यस प्रकार छ ः
N-Art को अवधारणा
विभिन्न समय र सम्पताहरुमा आफ्नो रुचि
र आवश्यकता अनुसार कलाको परिभाषा दिएको पाइन्छ । पाषाण युगमा कलालाई जादू र
कलाकारलाई जादूगरको रुपमा लिइन्थ्यो । पूर्विय जगतमा कलालाई इश्वरको आराधना मानियो
भने पाश्चात्य जगतमा कलालाई भौतिक विश्वको अध्ययनका रुपमा स्वीकार्नै गरेको पाइन्छ
। मिश्रीहरुले कलालाई मृत्युपछिको जीवन ठाने भने यूनानीहरुले कलालाई सौन्दर्यको
अनुकरणका रुपमा सकारे । रोमनहरुले यसलाई राष्ट्र र राष्ट्रियताको गौरव ठाने ।
वैजाइन्टाइनमा कलालाई धर्म प्रचारको माध्इमको रुपमा लिए । यस्तै पुनरुद्दिपन कालमा
कलालाई सांस्कृतिक जीवनको झाँकी मानियो । युरोपको प्रभाववादी युगमा यसलाई प्रकृति
र जीवनको अध्ययन एवम उपासनाका रुपमा स्वीकार गरियो । मानिसले आफ्नो वौद्धिक
विकासको अत्यतमा साधनाको रुपमा लिदै आएकोकला युगानुकुल परिभाषित हुँदै आएको छ ।
यसवाट के स्पष्ट हुन्छ भने केवल युगले मात्र कलाको वास्तविक अर्थ र परिभाषा दिन
सक्छ । साथै कलाको अर्थ देश, काल, परिस्थिति, कातावरण
र मनोविज्ञानमा निर्भर हुन्छ । उन्नाइसौ शताब्दीमा कलालाई विभिन्न व्यक्तिहरुले
विभिन्न कोणवाट हेर्ने र अनुसन्धान गर्ने माध्यम वनाए । जसवाट विभिन्न वादहरु(इजम)
को जन्म हुन पुगेको पाइन्छ । कलालाई कसैले अन्तर आवेगको अविरल प्रवाहका रुपमा समेत
परिभाषित गरेको पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा ले कला सिर्जनात्मक
कल्पनाद्वारा गरिएको सत्यको सुन्दर प्रकाशन हो भनेका छन् ।
यसरी कुनै पनि व्यक्तिको सिर्जनात्मक
स्वतन्त्र अभिव्यक्ति कला हो भन्नमा दुई मत नहुन सक्छ । यस्तै यस्तै सिर्जना गर्दै
स्वतन्त्र अभिव्यक्ति गर्ने क्रममा आधुुनिक कलाको क्षेत्रमा उत्तरवर्ती प्रयोग र
सिद्धान्तको रुपमा N-Art को
सिर्जना गरियो । जसमा राष्ट्रिय भावनालाई प्रतिविम्वित गर्दै चित्रकलामा नयाँ
परिभाषाको खोजी गरिएको छ । यसमा को 5 N को
अवधारणा ल्याईएको छ जसमा National, Normal, Natural, Nice र New
लाई व्याख्या गरिएको छ ।
२०६६ मा N- Art को आधारमा तयार पारिएका चरा
चित्रकलाहरुको चित्र कलापरिषद ववर महल काठमाण्डौमा प्रदर्शनी गरियो । २०६६ साल मै
विराटनगर र इनरुवामा समेत गरियो ।
२०६६ देखियताका प्राय धेरै जसो
कलाकृतिहरु N-
Art को अवधारणामा वनाइएका छन । जसमा चराहरुको अनुकूलित
वातावरण दिन जुन जुन प्रजातीका चरा जस्तो जस्तो वातावरण ठाउँमा वस्छन सोही
अनुसारका सामाग्री प्रयोग गरी तयारी गरिएका छन् ।
२०७५ मा सुनसरीको इनरुवा न.पा. वडा नं.
५ वलाहामा सातौ एकल चरा चित्रकला गरियो ।
हाल प्रदर्शनी गर्ने उद्देश्य नरहे पनि
समय समयमा चराहरुको चित्रहरु वनाउने काम जारी छ । जारी रहने छ ।
जय होस
अस्तु
0 Reviews:
Thank You For Comments !