Statement of artist Dal Bahadur Rai (DB Rai)
कला जीवनको अभिन्न अंग हो । हाम्रो समाजको ऐना हो ।
कला विना जिवन अधुरो हुन्छ चाहे त्यो संगीत कला होस, मूर्ति कला होस, चित्रकला होस या अन्य कुनै पनि कला होस, त्यसले मानिसलाई कुनै न कुनै
रुपले प्रभाव पारी रहेको हुन्छ । कलाको माध्यम बाट सम्भता बोलिरहेको हुन्छ इतिहास
बोलिरहेको हुन्छ । यदि कला नहुदो हो त हामीलाई हाम्रो सभ्यता पक्कै थाहा हुने थिएन
। हाम्रो इतिहास थाहा हुने थिएन । उदाहरणको लागि हामी हेर्न सक्छौ किराँत कालिन, मल्लकालिन, लिच्छावी कालिन सभ्यता कला
संग जोडिएको छ । चाहे त्यो वास्तुकला होस चाहे त्यो मूर्ति कला होस या चाहे त्यो
चित्रकला होस ।
कलाको विषयमा कुरा गर्ने हो भने हामीसँग विभिन्न
किसिमका कला छन जस्तो चित्रकला, संगित कला, मूर्ति कला, वास्तुकला, हस्त कला नाट्य कला आदी
इत्यादी, म चही चित्रकलाको
विद्यार्थीको नाताले विषेश गरी चित्रकला सम्बन्धी नै केही कुरा राख्न चाहन्छु । चित्र कला भित्र पनि विभिन्न हाँगा विगाहरु
छन् । जस्तो आधुनिक चित्रकला, परम्परागत चित्रकला,
लोक कला, काटुन कला, आदी इत्यादी छन् ।
सर्व प्रथम त म ललितकला संगम प्रदेश नं. १
विराटनगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु देशै भरि छरिएर रहेका प्रदेश नं. १ का
सम्पूर्ण कलाकारहरुलाई एकै ठाउँमा जम्मा गर्ने काम गर्नु भएको छ । कलाको विभिन्न
क्षेत्रमा काम गर्ने सम्पूर्ण अग्रज तथा नयाँ कलाकारहरुको सृजनालाई एकै ठाउँमा
देख्न सकिने वेवसाइटको डिजाइन गर्दै हुनु हुन्छ । सायद मलाई लाग्छ प्रदेश नं. १
बाट शुरु भएको छ । मैले भन्ने गरेको छु । कुनै पनि नयाँ कामको शुरुवात प्रदेश नं.
१ बाटै शुरुवात गर्नु पर्छ र शुरु भै पनि सकेको छ । हाम्रो प्रदेश नं. १ मा कुनै
पनि कलाको लागि कलाकारको कमी छैन जस्तो लाग्छ । जस्तो कि मूर्तिकै कुरा गर्ने हो
भने हाम्रो प्रदेश नं. १ मा एक से एक मूर्तिकार छन् । त्यसैको परिणाम स्वरुप आज यो
शताप्दीकै जापानमा बन्दै गरेको बुद्धको विशाल मूर्ति धरानकै कलाहरु मन्जुल मितेरी
अनि जिवन पौडयाल जस्ता हास्ती मूर्तिकारहरुले इतिहास कोर्दै छन् । मलाई गर्व लाग्छ
वहाँहरु प्रति । जसरी अरनिकोले तिव्वतमा चिनमा पुगेर नेपाली कलालाई चिनाउनु भयो ।
आज पनि ती अरनीकोलाई नेपाली इतिहासले बिर्सेको छैन । हाम्रो प्रदेश नं. १ मा
त्यस्ता धेरै जना अग्रज कलाकार ज्यूहरु हुनु हुन्छ जस्ले देश तथा विदेशमा ख्यति
कमाउनु भएको छ । जो जहाँ सुकै रहेर काम गरेता पनि हामी प्रदेश नं. एक कै कलाकार
हौँ । मलाई लाग्छ जसरी नेपाल एकेडेजी अफ फाइन आर्ट ले वार्षिक रुपमा राष्ट्रिय कला
प्रदशंनी गर्दछ र पुरस्कृत पनि गर्दछ । त्यस्तै प्रदेश वाइज कला प्रदशंनी पनि गरिनु
पर्छ जस्तो मलाई लाग्छ । हामीले कुनै पनि कलालाई जनस्तर बाटै माथि उठायौ भने अथवा
जन स्तर सम्मै हाम्रो कलालाई पु¥याउन सक्यौ भने अवस्या पनि सर्वसाधरणले कलालाई नजिक बाट बुझ्न र नियाल्न सक्ने
थिए । हामी धेरै जसो कलाकारहरु विदेशीको भरमा बाँच्ने गरेकाछौँ । अब हामीले
विदेशीको लागि मात्रै चित्र हैन स्वदेशीको लागि पनि बनाउनु पर्छ । एउटा करोडौ
रुपैया खर्च गरेर मान्छेले घर बनाउन सक्छ भने त्यसमा तीस देखि ५० हजार पर्ने चित्र
या मूर्ति राख्न सक्दैन ?
हामी कलाकारहरुले बहाँहरुलाई चित्रकला बुझाउन नसक्नु हाम्रो कम्जोरी ठान्नु
पर्छ । हामीले प्रदेश एकलाई समृद्ध बनाउनमा हामी कलाकारहरुको पनि ठूलो हात हुन
सक्छ । सम्पूर्ण कलाकारहरु एक जुट भएर प्रदेश विकाशको निम्ति लागि पर्नु जरुरी छ ।
जति पनि कला प्रदशनी हुन्छन् सधै राजधानीमा मात्रै केन्द्रित छन् अनि गाउँघर
जिल्लाको मान्छेले कताबाट थाहा पाओस् कलाकारिताको बारेमा त्यसैले ललितकला संगमले
जे गर्दे छ । राम्रै गर्दै छ भन्ठानेको छु ।
पछिल्लो समय हाम्रो प्रदश नं. १ बाट पनि धेरै राम्रा
कलाकारहरुको उदय भैरहेको देखेको छु । विशेष गरेर पानी रंग मा काम गर्ने
कलाकारहरुको कलालाई म नजिकबाट नियाली रहेको छु । किन की म विशेष गरेर पानी रंगमा
बढी कला सृजना गरी राखेको छु । हाम्रा प्रदेश नं. १ का कलाकारहरुलाई पानी रंग या
अन्य कुनै पनि माध्यममा विशेष तालिमको व्यवस्था गरियो भने अझ सुनमा सुगन्ध थपिने छ
। त्यसको निम्ति प्रदेश स्तरबाट या एकेडेमीले योजना ल्याउनु पर्ने देखेको छु ।
अन्तयमा ललितकला संगम विराटनगर प्रदेश नं. १ लाई
मूरी मूरी धन्यवाद दिदै मैले कला सम्बन्धि आफ्नो धेरै विचारहरु राख्न नसके
पनि एक दुई शब्द राख्ने अवसर प्राप्त गरेकोमा आभारी छु ।
0 Reviews:
Thank You For Comments !