Statement of Artist Bhim Puri
मेरो बिचारमा कला एउटा मनको सुन्दर सृजना अनुभुतीहो
हरेक मानिसमा आ आफ्नै किसिमको कलाहुन्छ । कलानै मानिसको लागि एउटा जिउने आधारहो ।
कलाबिनाको जिन्दगी अपाङ सरह हो । सुन्दर मनको कल्पनालाइ सृजनात्मक सादा पन्नामा आफ्नो कलात्मक ढंङगले
चित्रमा उतार्नुनै कला भनिन्छ । आफुमा भएमो कलालाइ कहिले पनि लुकाएर राख्नु हुदैन
। कला भन्नेकुरा कहिले पनि सिकेर सकिन्न र कलाको अन्त्य कहिले हुदैन । आफ्नो मनको
भाबहरु चित्रमार्फत उतारेर सृजना दिनुनै कला हो । चित्रकला एकान्त एक्लोपनको एउटा
समय बिताउने साथी पनि हो । चित्रले कसैको जिवन कथा बोकेको हुन्छ । सादा क्याभासलाइ
प्राकृतिका सुन्दर दृक्ष्यहरुलाइ चित्रमार्फत रंग्याएर हिमाल पहाड र स्ंस्कृतिलाइ झल्काउने जिवन्त
चित्रमा उतारेर सदाका लागी अध्यारो बाट अलग बनाउने सुन्दर उदेश्यको उपज हो
प्रदर्शनी । चित्रकलाकारीता बाट आफुलाइ विस्वमा चिनाउने कलाकारीतानैहो साथै
चित्रकला बाट जिवनआपन गर्न सकिन्छ । कलाकार भएर कहलिेपनी घमण्ड हुनु हुदैन आफु
भन्दा ठुलोको आदर सम्मान र आफु भन्दा सानोलाइ प्रेम इजत गर्नु पर्छ तब कलाकारको
सम्मान पाउन सकिन्छ । समाजमा भएको केहि कथाहरुलाइ चित्र मार्फत झल्काउन सकिन्छ । हाम्रो देश नेपालमा
कलात्मक सम्पदाले भरिएको देश हो कला र कलाकारको खानी हाम्रै देश नेपालमा पाइन्छ । हामी नयाँ पिढीका कलाकार
हाम्रो संस्कृतीर मौलिक्तालाइ जोगाएर
राख्नु पर्छ । चित्रले मानिसको जिवनमा
खुशि ल्याउदछ । चित्रकलाकार सधै रङहरु सङग डुबेर नयाँ नयाँ सृजना सादा क्यान्भासमा
उतार्न मनपराउने स्वभाबका हुन्छ । कलालाइ आफ्नो प्रेम सम्झेर रङ अनि आफ्नो
सृजनाहरु सङ डुबुल्कि मारेर आनन्द लिनुनै कला भनिन्छ । चित्रकारको लागी आफ्नो
कलानै प्रेम हो कलालाइ अनन्त प्रेम गरी रहन्छौ कलालाइनै प्रेम गर्नुनै कला प्रेमी
भनिन्छ ।
Click on the link below for more information about the artist.
0 Reviews:
Thank You For Comments !