Biography of Artist Subas Kshitiz Shrestha
करिब ५।६ वर्षको उमेर देखि नै चित्र कोर्न रुची
लाग्थ्यो । सिकाउने या सेरोफेरोमा कोहि चित्र बनाउने मानिस या साथीभाई नभए पनि आफै
चित्र कोर्ने, रंग पोत्ने बानी र प्रभाव कहाँबाट प¥यो मलार्ई थाहा छैन ।
त्यति प्रतिष्पर्धीहरु पनि थिएनन् र सेरोफेरोमा
पातलो पेपर बाहेक कुनै कला सामग्रीहरु पनि पाइंदैन थियो । यसैले कोइला र रंगको
रुपमा बेसार, कलममा लाउने रातो, निलो, कालो मशी र आफैले हरिया पात कुटेर बनाएको हरियो झोल आदि यिनै हुन्थे आफ्ना कला
सामग्री ।
विद्यालय स्थरमा मेरो स्थान चित्रकलामा पहिलो नै
थियो । पढाइ तर्फ पनि कक्षा सात देखि दश सम्म पहिलो स्थान नै प्राप्त गर्ने सफलता
मिल्यो । यस हिसावले शिक्षक, छिमेकी लगायत सबैले हौसला
र माया दिन्थे । संगीतमा पनि मेरो निकै रुची थियो ।
घरको आर्थिक अवश्था निकै कमजोर थियो । एक्ली
आमाले सानो चिया तथा मिठाई पसलको आडमा हामी ६ छोरा र एक दिदीलाई दुःखगरी पढाई
हुर्काई गर्नुभयो । आमाको साहस, मेहनत र कुशलताको
छिमेकीहरु पनि राम्रै प्रशंशा गर्दथे ।
आमाले आफैले लाउनु भएको सुनको सानो औंठी बेची
जुटाइदिनु भएको रु. ३०० जति र दिदीले थपिदिनुभएको अरु एक डेढ सय रुपैंयाको आडमा म
उच्च शिक्षा पढ्ने ध्येयले जे होला सामना गरुँला भन्दै एक्लै काठमाडौंतिर हुइकिँए, बिना कुनै ठेगाना २०३९ सालमा ।
साइन्स पढ्ने इच्छा थियो । तर आर्थिक कारणले
अघिल्लो एक वर्ष यति कै घर मै थन्किन बाध्य भएको थिँए । चार घण्टा टाढाको सदरमुकाम
इलाम बजार बाहेक सेरोफोरोमा क्याम्पस थिएन । उसमाथि त्यो बेला इलाम क्याम्पसमा
साइन्स विषय पनि थिएन । एकवर्ष पढ्न नपाएकोमा खुब रुन मन लाग्यो ।
काठमाडौंमा आर्थिक संकटका बीच जसोतसो साथीहरुसँग
मिलेर बस्ने व्यवस्था भयो । आफ्नो पढाई लगायत सवै खर्चकालागि दिउँसो काम खोज्नु या
काम गर्नु पर्ने स्थितिमा कारण साइन्स पढ्ने रहर छोड्नु प¥यो । विहान वेलुका साइन्स पढ्ने क्याम्पस नभएको कारणले । विकल्पको रुपमा
ललितकला पढ्छु भन्दा त्यो पनि दिउँसो मात्र पढाइ हुँदो रहेछ । यसैले बाध्यभएर
वेलुकीको सिफ्टमा मानवीकि (आर्ट) पढ्न बाध्य भएँ । तर पछि यसभित्र नेपाली र विशेषत
अंग्रेजी साहित्य (अंग्रेजी मेजर छानेकोले) पढ्न पाए पछि यसैमा धेरै रमाइलो लाग्यो
। र साइन्स पढ्न नपाएको खल्लोपन पुरै पखालियो । झन् ठीक भएछ जस्तो पो लाग्न थाल्यो
। क्याम्पस पढ्दा पढ्दै व्यक्तिगत, मानवीय
स्वतन्त्रताका साथै देशको राजनैतिक परिवेशले पनि घच्घच्याउँदा तत्कालिन एकतन्त्रीय
पंचायती व्यवश्थाको विरोध र प्रजातन्त्र र परिवर्तनको पक्षमा विद्यार्थी राजनीतिमा
पनि मजैले सामेल भइयो । मेरो भूमिका धेरजसो कलाकारको रुपमा हुन्थ्यो । नयाँ
साथीहरु पनि धेरै पाएँ खुशी लाग्थ्यो ।
यसवीच ०४०÷०४१ सालतिर
दुईचोटी विद्यार्थी आन्दोलनमा सहभागी भएबापत जेल सजाय भोग्न पुगियो । करीब ३ महिना
जति ।
खर्चका लागि साइनवोर्ड पसलमा (विहान ९–५ बजे) करिब
४÷५ वर्ष काम गरें । अक्षर र कहिले चित्र कोर्दै स्नातक स्तरको पढार्ई पनि पूरा
भयो । यसवीच मैले कतिपय एकल तथा सामूहिक चित्र प्रदर्शनीहरु, कार्यशाला तथा प्रतियोगिताहरुमा सामेल हुने अवसर पाँए । केहि राष्ट्रिय स्तरका
पुरस्कार र सम्मानहरु प्नि प्राप्त भयो ।
हाल म विगत २१÷२२ वर्ष देखि
विद्यालयमा चित्रकला शिक्षकका रुपमा कार्यरत छु । अरु समय मूलत चित्र रचनाका साथै
कहिले कहि छोटा साहित्यिक रचनामा कोर्न पनि समय लगाउँछु ।
शुरुमा केहि कला संस्थाहरुबाट समय समयमा
चित्रकला सिक्ने मौका पाएँ । मूलत स्वःअध्ययन र अभ्यास नै मेरो कलायात्राको गोरेटो
बन्यो । दिवंगत वरिष्ठ कलाकार मनुजबाबु मिश्रलाई मैले आफ्नो कला गुरु मानेको छु ।
बाँकी मेरा कलाका पक्षहरु मेरो व्यक्तिगत विवरण (बायोडाटामा) समावेश गरेको छु ।
–सुवास क्षितिज श्रेष्ठ, (९८४१४९६३४५)
मंगलबोर–१, इलाम (हाल
अस्थायी काठमाडौंबाट)
0 Reviews:
Thank You For Comments !