Biography of artist Mukesh Mall
बाल्य अवस्था
स्कुल अवस्थादेखि नै कलाको क्रियाकलापमा संलग्न, कलाको सिर्जना, कला प्रर्दशनी ,हस्त लिखित पत्रिका, नाटक, नाँच आदिमा संलग्न, जन्मस्थान धनकुटामा । सायद म नौ कक्षामा पढ्दैथे होला ( २०२४ साल तिर ) पहिलो एकल कला प्रदर्शनी, गरेको थिए आफ्नै घरको ठूलो कोठामा । अहिले पनि याद छ हाम्रो घरको माथिल्लो कोठामा वस्नहुने दण्डपानी भन्ने एक व्यक्ति, उनी कुनै एक अफिसको हाकिम हुनुहुन्थ्यो, उनैलाई वोलाएर प्रदर्शनीको उद्घाटन गरिएको थियो । यो कसरी गरियो केही थाहा छैन किनकि यसप्रकारको कला प्रदर्शनी मैले कहिले पनि देखेको थिएन । यसवखत सम्म कुनै कला देखेको पनि थिइन र कुनै कलाकारलाई भेटेको पनि थिइन ।
केटाकेटीकै अवस्थामा म मेरो भाइ अशेष मल्ल र वि.स. २०२० साल देखि करिव ०२४ साल सम्म सेतो कागजमा चित्र वनाउने र प्रदर्शन गर्ने गरिन्थ्यो । हस्त लिखित पत्रिका निकाल्ने गरिन्थ्यो । फुलिस्केप कागजमा कथा, कविता लेख्ने काम चाहि कवि, कथाकार आदीको हुन्थ्यो । संकलन गर्ने सम्पादन गर्नेकाम चाहि अशेषले गर्ने गर्दथ्यो । यस्लौ धेरै कपि वनाउन लेख्ने र भित्र चित्र वनाउने काम चाहि मेरो हुन्थ्यो । महाभारत, रामायणको नाटक गरिन्थ्यो जस्मा मैले चाहि नाटक खेलेको थाहा छैन । तर श्रीपेज आदी वनाउने जिम्मा चाहि मेरो हुन्थ्यो । ठूलो कार्टुन वक्समा भित्र पेट्र्रोम्याक्स राखि पातलो प्लास्टिकलाई रिल वनाइ यसैमा चित्रहरू वनाएर छरछिमेकका मान्छेलाई वोलाएर सिनेमा देखाउने जिम्मा मेरो थियो । यसवेला टुडिखेलमा त्यतिवेलाको आमा, हिजोआज भोली जस्ता सिनेमा देखाइन्थो । हामीले देखेको सिनेमा भनेको त्यही नै थियो । त्यसवखत धनकुटामा विजुलि वत्ती थिएन । गाडि पुगेको थिएन । मैले विजुलि वत्ति र गाडि म एस एलसि पास गरेर धरान आएपछि मात्र देखेको हुँ । त्यतिवेला म १६ वर्षको थिए । अर्थात १६ वर्षसम्म मैलै विजुलिवत्ती र गाडि देखेकै थिइन । धनकुटामा त्यसवखत जात्रामा हरेक घर घरमागइ ठूलो समूहबीच नाच्ने परम्परा थिथो । हरेक टोल टोलको अलग अलग यस्ता समूह हुन्थ्यो । हाम्रो टोलको नाम चाहि तल्लोकोप्चे हो । मचाँहि केटिको लुगा लगाएर नाच्ने गर्दथे । रातभरी जस्तो नाँच हुन्थ्यो । नाँचको बीच बीचमा नाटक, प्रहसन हुन्थ्यो जुन चाहि मेरो भाइ अशेषले गर्दथ्यो । राती ७ आठ वजे शुरु भएर रातभरी नाच्ने काम हुन्थ्यो । नाँचे वापत हामीलाई , जुत्ता , लुगा पैसा दिने चलन थियो । विभिन्न वाजा वजाएर हरेक घर अगाडि गरिने यस्ता नाँचमा हरेक घरबाट पैसा उठाइन्थ्यो । धनकुटामा स्कुले शिक्षा लिएर २०२५मा एस एल सि गरिसकेपछि म चाहि कलेज पढ्न विराटरनगर आए । अलि ठूलो एक मात्र डिप्लोमा सम्म पढाइ हुने अलिकता राम्रो कलेज विराटनगरमा मात्र थियो । वरिपरिका सबै जसो जिल्लाका केटा केटी यसै कलेजमा पढ्न आउथ्यो । विराटनगरमा पनि यही मात्र एक कलेज थियो । त्यसवखत आफू खुसी विषय लिन पाइदैनथ्यो । जुन विषयमा टिचर उपलब्ध हुन्थ्यो त्यसैमा मात्र कक्षा हुने र त्यही विषय लिन पर्ने हुन्थ्यो । यसैले मैले पहिला त काउण्न्टरमा उपलब्ध फर्म लिएर आए । त्यो आइ. एको रहेछ । घरमा वाजेले व्यापार गर्ने हँुदा यो विषय पढ्न हुदैन भन्यो र भोलि पल्ट कमर्सको फर्म लिएर आए । यो दुवै चाहि त्यवखत पढ्न पाइन्थ्यो । अधिकांस टिचरहरू भारतबाट आउने र हिन्दीमा पढाइ हुन्थ्यो म पहाडबाट आएको हिन्दी त के वुझ्थे तर पछि विस्तारै विस्तारै वुझ्न करै लाग्यो ।
प्रेरणा (Inspiration)
म आफुमा होस सम्हालेपछि कला सिर्जना गर्ने रहर जागेको हो यसर्थ पे्ररणाको सन्दर्भमा मेरो अन्र्तआत्माले
मलाई अह्राए अनुसार म आफु कला सिर्जनामा समर्पीत हुँदै आएको महसूस गर्दै आएको छु ।
कलाको खोजीमा म धनकुटामा जन्मे पनि धरान अनि विराटनगर अनि अहिले काठमाडांै आएर वसेको
छु यो मेरो कलाखोजिको यात्रा कसैको प्रेरणाबाट भएका ठान्दिन ।
0 Reviews:
Thank You For Comments !