Biography of Artist Tirtha Niraula
कलाकार कला समिक्षक तीर्थ निरौला
सानैदेखि म कलाक्षेत्रमा
लागेको हु । लगभग चालिस सालदेखि कलाकरिताको क्षेत्रमा सार्वजनिकरुपमा प्रस्तुत हुदै
आएको छु । धरान क्षेत्रबाट सुभारम्भ भएको मेरो कलाको गतिविधी क्रमसः काठमाडौसम्म र
अन्य मुलुकसम्म पुग्यो । अध्ययनको क्रममा सर्वप्रथम काठमाडौ
टेकेको मैले राष्टियस्तरका कला र कलाकारहरुहरुसंग धुलमिल हुने र कलाकारितामा अनुभव
बटुल्ने अवसर पाए । स्कुले समय काल हुदै कलेजकाल सम्म मैले नेपालका वरिष्ठ कलाकारहरुबाट
कला ज्ञान लिने र प्रदर्शनी मार्फत देखाउने सुअवसर पाए । आज काठमाडौमा जसरी सक्रिय
भएर कला कर्म गरिरहेको छु त्यसरी नै आफु जन्मेको भूमि धरान क्षेत्रमा पनि साडे पैतिसवर्ष
देखि सक्रिग र निरन्तर रुपमा क्रियाशिल भइरहेको छु ।
धरानको कला उटानमा
मेरो अग्रणी भूमिका रहेको छ । धरानमा सर्वप्रथम दुईपल्ट एकल कला प्रदर्शनी मैले गरेको
थिए । त्यसपछि आजसम्म धरानमा कसैले एकल कला प्रदर्शनी गर्न सकेका छैनन । साथै शुरुकालमा
धरानमा हाम्रै सक्रियतामा धेरैचोटी ग्रुप कला प्रदर्शनी गरेको इतिहास छ । धरानलाई कला
सम्वन्धि चिनारी वा आभाष गराउने कार्य हामीबाटै भएको हो । धरानमा वा अधिराज्यभरीनै
कला जनचेतनाका लागि विविध किसिमले मैले कला गतिविधीहरु गर्दै आएको जगजाहेर छ । चित्र
सृजनाको संगसगै कलाको समिक्षा गर्ने कार्यदेखि कला विकास विस्तार र जनतामा कला चेतनाको
निमार्ण पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको छु ।
शरुमा मैले धेरै यथार्थवादी, वस्तुवादी र दृष्यवादी चित्र सिर्जनाका कर्महरु गर्दै आए साथै ती कार्यहरुलाई प्रदर्शनी
पनि गदै आए । कार्य गर्दैजादा अनुभव, अधययन र विद्धतताका कारणले होला
सायद ममा कला सिर्जन गर्ने आफ्नै शैलीको वृद्धि भयो । जसलाई अर्ध अमूर्त भनिन्छ । पछिल्लो
चरणमा म आफनै निजी शैलीलाई आत्मसात गरेर अर्धअमूर्त वा आधुनिक कलाधारको कला सिर्जना
गर्दछु ।
विशेषतः मेरा सिर्जनाहरु
विषय र भावना प्रधान हुन्छन् । विम्व र प्रतिकहरु
संगसगै निजी दृष्टिकोण समाहीत रहेका हुन्छन् । रंगलाई म हल्का मिठासपूर्ण प्रयोग गर्छु
। मेरा चित्रहरुले विशेषत टेक्चर ईफेक्ट लाई जोड दिन्छ ।
कला सृजनामा निरन्तर
तीस पैतिस वर्षदेखि लागिरहेको मैले यस्तै मेरा मौलिक चित्रहरुलाई विविध देशहरु र स्वदेशमा
गरि दसौचोटी एक व्यक्ति र भिन्नभिन्न मुलुकहरुमा हजारौ पल्ट सामुहिक कला प्रदर्शनी
गरेको छु । तथा थुप्रै मुलुकहरुमा मेरा कला संग्रहित छन् ।
0 Reviews:
Thank You For Comments !